एक महिनामा सरकारको आम्दानी ९१ अर्ब, खर्च २२ अर्ब २५ करोड


  • admin
  •    
  • August 17, 2022

  • सिट बाँडफाँटमा सकस : सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बस्दै

    १ भदौ, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो एक महिना (साउन) मा ९१ अर्ब रुपैयाँ आम्दानी गर्दा २२ अर्ब २५ करोड रुपैयाँ खर्च गरेको छ ।

    बका अनुसार साउनमा सरकारले राजस्व (कर र गैरकर) बाट ७९ अर्ब ७२ करोड २५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो वार्षिक लक्ष्यको ५.६८ प्रतिशत संकलन हो । एक महिनामा ७९ करोड ३० लाख अनुदान प्राप्त भएको छ । अन्य आम्दानी १० अर्ब ४८ करोड ४८ लाखसहित एक महिनामा कुल ९१ अर्ब रुपैयाँ आम्दानी भएको महालेखाले जनाएको छ । आम्दानीमा सरकारले दिने आन्तरिक तथा बाह्य ऋण भने जोडिदैन ।

    यसबीचमा चालु, पूँजीगत र वित्तीय हस्तान्तरणमार्फत २२ अर्ब २५ करोड ८७ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । महालेखाले वित्तीय व्यवस्थातर्फको खर्च भने विवरणमा राखेको छैन ।

    सरकारले यस वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । एक महिनामा चालु खर्च ५ अर्ब ६५ करोड र वित्तीय हस्तान्तरणतर्फ १५ अर्ब ११ करोड रुपैयाँ खर्च भएको छ ।

    पूँजीगत खर्च भने १ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ मात्र भएको छ । यो लक्ष्यको ०.९३ प्रतिशत मात्र हो । सरकारले चालु आवमा पूँजीगत तर्फ ३ खर्ब ८० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । पूँजीगत खर्चका लागि गर्नुपर्ने पूर्वतयारीका काम आर्थिक वर्षको प्रारम्भिक महिनामा गर्ने प्रचलन रहेको छ । सोहीकारण पूँजीगत खर्च भने कम हुने गर्छ ।

    ताजा समाचार