सिरिजंगा गाउँपालिकाको अधिकांश स्थानमा मोबाइल सेवा अवरुद्ध


  • admin
  •    
  • August 18, 2022

  • सिरिजंगा गाउँपालिकाको अधिकांश स्थानमा मोबाइल सेवा अवरुद्ध

    ताप्लेजुङको सिरिजंगा गाउँपालिकाको अधिकांश स्थानमा नेपाल टेलिकम सेवा प्रदायक रही सञ्चालित नमस्ते मोबाइलको नेटवर्क करिब ५ दिन अवरुद्ध भएको छ।

    सिरिजंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष टीकाराम गुरुङले असार १० गतेबाट नमस्ते मोबाइलको नेटवर्क अवरुद्ध भएको र अहिलेसम्म सञ्चालन हुन नसकेको जानकारी दिए।

    उनका अनुसार सिरिजंगा गाउँपालिका वडा नं ८ याम्फुदिन,वडा नं ७ खेवाङ र वडा नं ६ मामाङ्खेमा नमस्ते मोबाइलको नेटवर्क अवरुद्ध भएको छ।

    मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राही प्रत्यक्ष मारमा परेको उनले जानकारी दिए। सो क्षेत्रमा यसपटक बाढी र पहिरोले बित्यास समेत गरेको छ।