आदिवासी जनजाति महासङ्घ क्यालिफोर्नियाको अध्यक्षमा प्रकाश लामा निर्वाचित


  • admin
  •    
  • August 18, 2022

  • आदिवासी जनजाति महासङ्घ क्यालिफोर्नियाको अध्यक्षमा प्रकाश लामा निर्वाचित

    नेपाल आदिवासी जनजाति महासङ्घ क्यालिफोर्नियाको अध्यक्षमा प्रकाश लामा निर्वाचित भएका छन् । आइतबार सम्पन्न अधिवेशनबाट अध्यक्ष लामाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेका छन् ।

    समितिको उपाध्यक्ष बुद्ध महर्जन, महासचिव सुनिल राजकर्णिकार, सचिव ज्ञानकाजी तामाङ र कोषाध्यक्षमा लक्ष्मी चौधरी निर्विरोध चयन भएका छन् ।

    त्यस्तै सदस्यहरू ताराहाङ नेम्वाङ, राजेश मोक्तान र दीपकमान प्रधान चयन भएका छन् ।

    नयाँ कार्यसमितिले आइतबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।