तामाङ समाज युएई आबुधावी क्षेत्रीय समितिको छैटौँ अधिवेशन सम्पन्न


  • admin
  •    
  • August 18, 2022

  • तामाङ समाज युएई आबुधावी क्षेत्रीय समितिको छैटौँ अधिवेशन सम्पन्न

    तामाङ समाज युएई आबुधावी क्षेत्रीय समितिको छैटौँ अधिवेशन सम्पन्न भएको छ। आबुधावीस्थित अल अहलिया हस्पिटलको सभा हलमा हालै सम्पन्न भएको हो । अधिवेशनले आबुधावी क्षेत्रीय समितिको अध्यक्ष रोहित तामाङ (बुद्ध) लाई चयन गरिएको हो।

    समितिको उपाध्यक्ष मुनराज लोप्चन तामाङ, जीवन गोले तामाङ, राजकुमार थोकर तामाङ पासाङ, सचिवमा सचिव सन्दीप लामा, सह-सचिव सपना मोक्तान तामाङ,कोषाध्यक्ष राजेश तामाङ र सह-कोषाध्यक्ष मेदनी थिङ तामाङ भएका छन् ।

    त्यस्तै महिला विभाग प्रमुख कवितस तितुङ तामाङ, प्रचारप्रसार विभाग प्रमुख रविन तामाङ, सांस्कृतिक विभाग प्रमुख निशा घिसिङ तामाङ चयन भएका छन् ।

    यसै गरी सदस्यहरू क्रमशः कमल बमजन तामाङ, सपना वाइबा तामाङ, निमा लामा, प्रजिता तामाङ, रमिता ब्लोन तामाङ, तनु लोप्चन तामाङ, आशिष थोकर तामाङ, मिलन तामाङ, खुलाल थिङ तामाङ, निरज तामाङ, सुशील थिङ तामाङ, इच्छा राज तामाङ, लाक्पा डोमा तामाङ, रञ्जना गोले तामाङ, निरु योन्जन चयन भएका छन् ।

    कार्यक्रमको प्रमुख अतिथिमा तामाङ समाज युएईका केन्द्रीय अध्यक्ष सनिल घिसिङ तामाङ, विशेष अतिथिहरूमा नेपाल आदिवासी जनजाति महासङ्घ युएईका वरिष्ठ उपाध्यक्ष नवीन दोङ तामाङ रहेका छन् । त्यस्तै तामाङ समाज युएईका केन्द्रीय उपाध्यक्ष डिल्लीराम तामाङ,अतिथिहरूमा जनजाति महासङ्घ युएईका प्रवक्ता पदम योन्जन तामाङ समाज युएईका केन्द्रीय जनसम्पर्क सचिव राज वाइबा तामाङ, अल अहलिया हस्पिटलका चिकित्सक डा। यशिर श्रेष्ठ, लगायत विभिन्न संघसस्थाको प्रतिनिधिहरू रहेका थिए।

    कार्यक्रममा आमन्त्रित अतिथिहरूले नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना मन्तव्य समेत व्यक्त गरेका थिए ।