आज देशभर थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि


  • admin
  •    
  • August 18, 2022

  • आज देशभर थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८८३ जनाको परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो।

    ३ हजार ८७६ जनाको पीसीआर परीक्षण गर्दा ५३१ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ३२८ जना संक्रमणमुक्त भएका छन्।