एलन मस्कले किने ट्वीटर


  • admin
  •    
  • August 17, 2022

  • एलन मस्कले इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने

    विश्वका धनाड्य एलन मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका छन्। ट्वीटर विश्वकै ठूलोमध्येको एक सोलस मिडिया कम्पनी हो।

    एलन मस्कले केही दिन अगाडि ट्वीटरको ९ प्रतिशत सेयर किनेका थिए भने अब उनले ट्वीटरको सबै सेयर किनेका छन्। उनले ट्वीटर कम्पनी ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेका हुन्।

    ट्वीटरका सीईओ पराग अग्रवालले ट्वीटरको एक उद्देश्य प्रासंगिकता भएको र यसले दुनियालाई प्रभावित पार्ने उल्लेख गरेका छन्। 

    यसैगरी ट्वीटर कम्पनीका नयाँ मालिक एलन मस्कले वाक स्वतन्त्रता लोकतन्त्रको मुख्य अधिकार भएको उल्लेख गर्दै भनेका छन्, ‘ट्वीटर यस्तो डिजिटल टाउन हो जहाँ मानवताको भविष्यका लागि विभिन्न मुद्दामा बहस हुन्छ। ट्वीटरमा जबरजस्त क्षमता छ।’ ट्वीटर कम्पनीमा काम गर्न उत्सुक रहेको भन्दै उनले यसमा नयाँ सुविधा थपेर पहिलेभन्दा राम्रो बनाउन कोसिस गर्ने बताएका छन्।