सीटीईभीटी अन्तर्गतका मापदण्ड नपुगेका २५ शिक्षण संस्थामा भर्ना रोक


  • admin
  •    
  • September 7, 2022

  • चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गतका मापदण्ड नपुगेका २५ शिक्षण संस्थामा भर्ना रोकेको छ ।

    चिकित्सा शिक्षा ऐनको व्यवस्था अनुसार स्तरोन्नतिमा हुन नसकेका शिक्षण संस्थाहरुमा भर्ना रोकिएको आयोगका अध्यक्ष श्रीकृष्ण गिरीले जानकारी दिए ।

    ऐनले फेजआउट गरेका १ सय २२ मध्ये गत फागुनमा ६५ वटा शिक्षणसंस्थालाई आयोगले स्तरोन्नति गर्न अनुमति दिएको थियो । ती ६५ शिक्षण संस्थामध्ये आयोगले ४० वटा शिक्षणसंस्था मात्र विद्यार्थी भर्ना गर्न योग्य रहेको जनाएको छ ।

    आयोगले सूचना जारी गर्दै २५ वटा शिक्षणसंस्थाले मापदण्ड पूरा नगरेको उल्लेख गरेको छ । ती शिक्षण संस्थाहरुले शैक्षिक कार्यक्रम सञ्चालन गर्न शिक्षक, भवन, कक्षाकोठा, अस्पताल, ल्याबलगायतका मापदण्ड पूरा नगरेको, अनुगमनको क्रममा फेला नपरेको आयोगले जनाएको छ ।

    ताजा समाचार