सि-आश्वा शुल्क घट्ने, आईपीओ भर्दा बढीमा ५ रूपैयाँ लाग्ने


  • admin
  •    
  • August 22, 2022

  • नेपाल नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि- आश्वा शुल्क घटाउने भएको छ । ५ भदौ, आइतबार बसेको धितावपत्र बोर्ड बैठकमा सि- आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए ।

    अब आईपीओ लगायतका सार्वजनिक निषकासनमा अधिकतम ५ रूपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरि बोर्डमा प्रस्ताव लगेर छलफल भएको उनले बताए । सोही अनुसार निर्णय भएर चाँडै कार्यन्वयनमा जाने अध्यक्ष हमालले बताए ।

    ‘आईपीओ मा लगानी गर्ने लगानीकर्ताको  संख्या ४/५ लाखबाट बढेर २५ लासम्म पुगिसक्यो, यस्तोमा लगानीकर्ताको वास्तविक मूल्यांकन गर्दै आईपीओ भर्दा लाग्ने शुल्क घटेको छ’  बोर्ड अध्यक्ष हमालले भने,  ‘लगानिकर्ताको हितलाई हेरेर उनिहरूको लागि कसरी कम गर्न सकिन्छ भनेर लगानिकर्ताको पक्षमा निर्णय गर्न बोर्मा प्रस्ताव लगेको हो ।’

    बोर्डका अध्यक्ष नियुक्त भएपछि हमालले सेयर कारोबारमा लगानीकर्ताले तिर्नुपर्ने शुल्कका विषयमा अध्ययन गर्न आन्तरिक समिति बनाएका थिए । उक्त समितिले घटाउन सकिने शुल्कहरू सहितको प्रतिवेदन  बुझाएको थियो ।

    सोही अध्ययन तथा थप छलफलपछि सि-आश्वा शुल्क घटाउने प्रस्ताव बोर्ड सञ्चालक समितिमा पुगेको हो ।