घण्टैपिच्छे गजल लेखी फेसबूकमा सजाइन्छ


  • admin
  •    
  • August 18, 2022

  • घण्टैपिच्छे गजल लेखी फेसबूकमा सजाइन्छ !
    हेर्दै जाऊ न गजलबाटै मोहनी जो लगाइन्छ !!
    साठी पुगेँ तर पनि सोह्र वर्षे जत्तिकै छु !
    घर जग्गा बेचैरै’नि तरुनी पो फकाइन्छ !!
    बुढेसकालमा के हो भन्दै कमेण्ट गर्ने गरी रहुन् !
    जस्तै गाली आए पनि बाल मलतब पचाइन्छ !!
    केटा बुढा दाजुभाइ दिदी बहिनी सबै खोज्छु !
    एक पछि अर्को गर्दै साथी बाटै हटाइन्छ !!
    राम्री केटी जति सबै मेरै मात्र साथी होउन् !
    खोज भन्छ त्यसपछि खाना बिनै अघाइन्छ !!
    २ भदौ ‘७४
    चाबहिल