कालो र गोरो,अग्लो र होचो, छुट्याउने राजनीति ।


  • admin
  •    
  • August 18, 2022

  • कालो र गोरो,अग्लो र होचो, छुट्याउने राजनीति ।
    को पर्यो आदि को पर्यो वासि को पर्यो जनजाति ।
    देखाई मुहार,लगाई गुहार, खुवाई जहार भए म बेहोसै
    उठेर सारा,लगाई नारा,खसाल्ने तारा,बिक्रीयो योमति।
    हिमाली,पहाडी,तराईको, भनी छुट्याउनु हुदैन
    मिलेर बसाउ,एउटै घरमा,आउ गरौ सहमति ।
    छाडी देऊ अब, नाटक यो सब,अति भो अब त ,
    स्वास्थ र शिक्षा,सुलभ गरोस्, पायोस् ओषधि ।
    सुनका तोला,मरि जाने चोला, भोलि यहाँ के होला
    थाङपाले गोले,मनका भोले , गदै छु आनति।