तम्बा सङ्घको नयाँ कार्यसमिति गठन‚ अध्यक्षमा धावावाङ्गेल


  • admin
  •    
  • August 30, 2022

  • तम्बा सङ्घ नेपालको नयाँ कार्यसमिति गठन गरिएको छ । शनिवार काठमाडौँस्थित तामाङ गुम्बा (छ्योर्तेन टासी तामाङ गुम्बा) को सभा हलमा दसौँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन गरी नयाँ कार्य समिति चयन गरेका हुन् ।

    समितिको अध्यक्षमा धावावाङ्गेल मोक्तान पुन: निर्वाचित भएका छन् ।

    यस्तै वरिष्ठ उपाध्यद्वय वीरबहादुर घिसिङ र सत्तलसिंह योन्जन निर्वाचित भएका छन् । उपाध्यक्षद्वय कृतधावा घिसिङ र कुमारी योन्जन चयन भएका छन् ।

    यसै गरी महासचिवमा खोजराज गोले‚ सचिव महावीर लामा‚ सहसचिव बलबहादुर घिसिङ‚ कोषाध्यक्ष मिङ्मार मोक्तान र सह कोषाध्यक्ष सोमबहादुर मोक्तान रहेका छन् ।

    यस्तै सदस्यहरू विष्णुकुमारी मोक्तान‚ डोल्मा लामा‚ पेमा मोक्तान‚ दोर्जे मोक्तान‚ कुमार मोक्तान‚ भीमबहादुर थिङ‚ इमान वाइबा‚ सुनिल मोक्तान‚ मङ्गलसिंह मोक्तान चयन भएका छन् ।

    यसै गरी अमृतबाबु मोक्तान‚ पन्चबहादुर ग्यावक‚ कमलकृष्ण घिसिङ‚ पेमाकुमारी तामाङ‚ दिलबहादुर वाइबा र मनकुमारी पाख्रिन छन् ।

    साधारण सभामा पूर्व राजदूत डा. गणेश योन्जन‚ पूर्वमन्त्री दावा तामाङ, राजनीतिक विश्लेषक बुद्वछिरिङ मोक्तान‚ गायक चन्द्रकुमार मोक्तान‚ लेखक प्रताप बल तामाङ लगायतको उपस्थिति रहेका छन् ।

    सङ्घको ओखलढुङ्गा‚ रामेछाप‚ दोलखा‚ धनकुटा‚ सुनसरी‚ सिन्धुपाल्चोक‚ मकवानपुर लगायत जिल्ला शाखा छन् भने सोही जिल्लाका गाउँपालिकाहरू पनि तम्बाखोर संस्था गठन गरिसकेका छन् ।

    ताजा समाचार