जहरसिंपौवा नकआउट फुटबल प्रतियोगिता २०८० असोज १९ गते देखी कार्तिक ३ गतेसम्म हुदै


  • admin
  •    
  • September 30, 2023

  • जहरसिंपौवा युवा क्लबले दसैँको उपलक्ष्यमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता २०८० हुने भएको छ ।

    शंखरापुर नगरपालिका वडा नं ३ जहरसिंहपौवामा असोज १९ गते देखी कार्तिक ३स गतेम्म ‘जहरसिंपौवा नकआउट फुटबल प्रतियोगिता २०८०’ आयोजना गर्न लागेको हो ।

    आयोजक क्लबका अध्यक्ष बासु वाइबाका अनुसार खुल्ला नकआउट प्रतियोगितामा शंखरापुर नगरभित्र र बाहिरका गरी करिब २५ देखि ३० टिमको सहभागिता जनाउने बताए ।

    उनका अनुसार असोज ०२ गते देखी असोज  १४ गतेसम्म टिम दर्ता समय तोकिएको बताउँदै टिम दर्ता गर्ने क्रम जारी रहेको जानकारी दिए ।

    क्लबले टिम दर्ता शुल्क १५ हजार तोकिएको छ ।

    उद्घाटन खेल शंखरापुर ३ स्थित जहरसिं पौवा खेल मैदानमा असोज १९ गते हुँदै छ ।

    प्रतियोगिता कार्तिक ३ गते समापन हुनेछ ।

    पुरस्कार

    प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । दोस्रो हुने टिमले १ लाख नगद प्राप्त गर्नेछन् र तेस्रो हुने टिमले ५० हजार नगद एवं मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    त्यसैगरी अनुशासित खेलाडी, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई १० हजारका दरले नगद तथा प्रमाणपत्रका साथमा मेडल प्रदान गरिनेछ।

    खर्च

    प्रतियोगितामा करिब २५ लाख अनुमानित खर्च हुने आयोजकले जनाएको छ। उक्त प्रतियोगितालाई सफल बनाउनका लागि नगरपालिका, वडा कार्यालय, स्थानीय टोल विकास संस्था, व्यवसायी र शुभेच्छुकसँग सहयोगको अपेक्षा गरिएको आयोजक संस्थाले जनाएको छ ।

    क्लबले स्थापनाकालको छोटो अवधिमा सामाजिक कार्यहरू स्वास्थ्य, सरसफाइ, बृक्षारोपण‚ शिक्षा र सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेका छन् ।

    अध्यक्ष वाइबाले खेलकुदका माध्यमबाट समाज र देशका लागि योग्य खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

    युवाहरू शारीरिक तथा मानसिक गुणको विकास एवम् स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराकासाथका प्रतियोगिता आयोजना गर्न लागेको हो।

    ताजा समाचार