तम्बा सङ्घ नेपाल शैलुङ (तम्बा ह्युलखोर) को आयोजनमा तम्बा सांस्कृतिक महोत्सवमा सम्पन्न


  • admin
  •    
  • April 15, 2024

  • sailung

    प्रतिनिधि सभाका सदस्य गङ्गा कार्कीले पेङदोर्जेको उद्गमस्थल सैलुङ र नाताङखर्क आसपास रहेको किंवदन्ती र इतिहासलाई स्थापित गर्न सदनमा गम्भीरतापूर्वक उठाउने बताएका छन् ।

    सैलुङ डाँडामा नयाँ वर्षका दिन तम्बा सङ्घ नेपाल शैलुङ (ताम्बा ह्युलखोर) द्वारा आयोजित तम्बा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै सांसद कार्कीले यो तथ्यलाई स्थापित गर्न रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली लगायतका जिल्लाहरूबाट सहकार्य गरी बृहत् बनाउन जरुरी रहेको औँल्याए ।

    तामाङ भाषा, कला र संस्कृतिको उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

    यस्तै कार्यक्रममा शैलुङ गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्की थापाले सैलुङमा पेङदोर्जेले निर्माण गरिएको डम्फु बजाएर प्रदर्शन गरिएकोमा खुसी लागेको बताएकी छन् ।

    ‘डम्फुको उत्पत्ति गर्ने व्यक्ति पेङदोर्ज सैलुङकै भएको र यहीबाट डम्फुको आविष्कार गरेको हुँदा उहाँलाई राष्ट्रिय विभूतिको रूपमा नामकरण गर्नुपर्छ ।’ उनले भनिन्,‘यसको लागि वैज्ञानिक रूपमा खोज अनुसन्धान गरी दस्ताबेज तयार गर्न जरुरी छ ।’

    महोत्सवमा सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली,  दोलखाका लगायतका जिल्लाहरूबाट ३ भन्दा बढी ताम्बाहरुले डम्फु प्रदर्शन गरिएको थियो ।

    यस्तै तम्बा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष धावावाङ्गेल मोक्तानले पेङदोर्जेको उद्गमस्थल सैलुङ र नाताङखर्क नै रहेको जिकिर गरे । उनले सैलुङको मुनि रहेको डाँफे ढुङ्गा छ । त्यो ढुङ्गा डाँफे र मुनालसँग जोडिएको इतिहास छ । त्यो पनि प्रमाणको रूपमा हेर्न सकिने बताए ।

    यस नयाँ वर्षमा दोलखाको सैलुङमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको थियो । नयाँ वर्षमा मानिसहरू घुम्न, आफन्त, इष्टमित्र लगायत परिवार त्यहाँ पुगेका थिए ।

    कार्यक्रमका सभाध्यक्ष बुद्धिबहादुर तामाङ ‘सुनिल’ ले विभिन्न स्थानबाट कार्यक्रममा सहभागी भइदिएकोमा धन्यवाद दिँदै महोत्सव प्रत्येक वर्ष हुने बताए । यस्तै कार्यक्रम सञ्चालन युवराज घिसिङले सञ्चालन गरेका थिए ।

     

    ताजा समाचार