रवि लामिछाने चुनावी मैदानकाे अध्ययन गर्दै


  • admin
  •    
  • August 18, 2022

  • २ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूले उम्मेदवारी दिने क्षेत्रको बारेमा अध्ययन गरिरहेको बताएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका लागि उम्मेदवार आह्वान गर्दै उनले आफूलाई धेरैतिरबाट चुनाव लड्न आग्रह गरिएको भन्दै आफूले कहाँबाट लड्ने भनेर अध्ययन गरिरहेको बताए ।

    ‘एउटा उम्मेदवारले आफू कहाँबाट लड्दै छु भनेर अध्ययन गर्नुपर्छ, मैले त्यै अध्ययन गरिरहेको छु,’ उनले भने, ‘ममाथि सिंगो पार्टीको जिम्मेवारी पनि त छ नि ।’ उनले आफूले छिट्टै उम्मेदवारी घोषणा गर्ने पनि बताए ।

    उनले प्रदेश सभा चुनावमा भाग नलिने भनेर गरिएको घोषणबारे प्रष्ट पार्ने प्रयास गर्दै लामिछानेले प्रदेश सभामा समस्या रहेको र त्यसलाई ‘रिपेयर’ गर्नु पर्ने आफूहरुको माग रहेको बताए ।

    प्रदेश सभामा दल दर्ता गर्नबाट चुकेका कारण भाग नलिने घोषणा गरेको भन्ने आरोप लागेको भन्दै उनले त्यसको खण्डन गरे ।

    आफूहरुले प्रदेश सभा चुनावमा भाग नलिने निर्णय केन्द्रिय समिति बैठकबाटै गरेर दल दर्ता गरेको भन्दै लामिछानेले भने, ‘हामीलाई झुक्किए भन्ने साथीहरु नै हामी झुक्कियौं भनेर झुक्किनुभयो ।’

    ताजा समाचार