पहिलो नम्बरमा एमालेको चुनाव चिह्न


  • admin
  •    
  • August 25, 2022

  • प्रतिनिधिसभा निर्वाचनको मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न पहिलो नम्बरमा रहने भएको छ ।

    निर्वाचन आयोगका अनुसार ८० दलले दल दर्ताका लागि निवेदन दिएका थिए । माओवादी केन्द्रसहित चार दलले एउटै चुनाव चिह्नबाट निर्वाचनमा लड्न निवेदन दिएकाले मतपत्रमा अधिकता ८७ दलको चिह्न मात्र रहने छ ।

    आयोगले यसपटक उम्मेदवारी दिएका दलहरुको मात्र चिह्न राखेर मतपत्र छाप्ने भनेकाले जिल्ला/निर्वाचन क्षेत्रअनुसार मतपत्रमा चुनाव चिह्नको संख्या तलमाथि हुनेछ ।

    यसरी राखिने चुनाव चिह्नको रोलक्रम भने २०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा हुने आयोगले जनाएको छ । समानुपातिकतर्फ सहभागी नभएका दलहरुको हकमा भने प्रतिनिधि सभा/प्रदेश सभा सदस्य निर्वाचन– २०७९ का लागि दल दर्ता भएको क्रमका आधारमा हुनेछ ।

    ताजा समाचार