तामाङ पत्रकार संघले १९ ‌औँ स्थापना दिवसको अवसरमा वेबसाइट सार्वजनिक


  • admin
  •    
  • December 10, 2022

  • तामाङ पत्रकार संघले १९ ‌औँ स्थापना दिवसको अवसरमा वेबसाइट सार्वजनिक गरेको छ।

    बुधवार स्थापना दिवसको अवसरमा आयोजित पूर्व अध्यक्षहरुसँग अन्तरक्रिया र वेबसाइट सार्वजनिक करण समारोहमा संघलाई प्रविधिमार्फत अगाडि बढाउन www.atjnepal.org.np नामको वेबसाइट सार्वजनिक गरेका हुन् ।

    वेबसाइटमा होम पेज, हाम्रो बारेमा, पात्रो, प्रकाशन, उद्देश्य, समाचार, फोटो, अध्यक्षको सन्देश‚ शाखाहरूको जानकारी र समितिको सम्पर्क रहने संघका अध्यक्ष सुवास योन्जनले जानकारी गराइएका छन्।

    संस्थाको संस्थापक अध्यक्ष रविन्द्र तामाङ, पूर्व अध्यक्षहरु दिपेन्द्र तामाङ, जगत दोङ तामाङ, बिष्णुकुमार मोक्तान, सल्लाहकार अमरध्वज लामा, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा लगायत संघका कार्यसमितिहरुको  उपस्थितिमा अन्तरक्रिया गरेका छन् ।

    आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को छाता सङ्गठन सदस्य रहेको यस संस्थाको दुई प्रदेश कार्यसमिति‚ २२ जिल्ला कार्यसमिति र एक प्रवास कार्यसमिति रहेका छन् ।

    तामाङ सञ्चार समूहको नामबाट शुरु गरिएको यो संस्था औपचारिक रूपमा २०६१ मा स्थापना भई पछि नाम परिष्कृत गर्दै तामाङ पत्रकार संघ भएको हो। सम्पूर्ण तामाङ संचारकर्मीहरूको हक, अधिकार तथा संचारमाध्यममा तामाङ समुदायको मुद्दा स्थापित गर्ने उद्देश्यले संघ स्थापना गरिएको थियो ।

    ताजा समाचार