सैलुङअनलाइनकाे सातौं वार्षिकोत्सव समारोह


  • admin
  •    
  • January 20, 2023

  • २८५९ औँ ‘तावर ल्हो’ सोनाम ल्होछार (बिरालो वर्ग) को शुभारम्भसँगै सैलुङअनलाइन डट कमले सातौँ वर्ष पूरा गरेको  छ । २०७२ साल माघ २६ गते ‘टे’ ल्हो (बाँदर वर्ग) ल्होछारकै दिन सैलुङअनलाइन डट कम को शुभारम्भ भएको थियो ।

    सूचना प्रविधिले फट्को मारेसँगै नेपालमा पनि इन्टरनेटको पहुँच बढ्दै गइरहेको थियो । समयको यही प्रवाहलाई मध्यनजर गर्दै हामीले पनि डिजिटल अनलाइन प्लेटफर्ममार्फत हाम्रा सामाजिक-सांस्कृतिक अभियान, ज्ञान उत्पादन र विचार निर्माण गर्दै हाम्रो आफ्नो छुट्टै भाष्य निर्माण गर्न सकिन्छ भन्ने सोचका साथ सैलुङअनलाइन डट कम सुरु गरिएको थियो ।

    सैलुङअनलाइन डट कमले यो सातौँ वर्षको अवधिमा राष्ट्रिय राजनीति, मुलुकको अर्थ राजनीतिक प्रणाली, धर्मनिरपेक्षता, पहिचानका मुद्दा, सामाजिक सांस्कृतिक, समानुपातिक र समावेशिताको मुद्दालाई आदिवासी विश्व दृष्टिकोणबाट बहस र छलफललाई अगाडि बढाएको छ । यसलाई अझ व्यापक र बृहत्तर बनाउँदै लैजाने हाम्रो सोच र प्रयास हो ।

     

    ताजा समाचार