सोनाम ल्होछार समाराेहलाइ सम्बाेधनगदै प्रधानमन्त्रीले भन्नु भयाे तामाङ मन्त्री बन्ने छ


  • admin
  •    
  • January 22, 2023

  • तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन आज सोनाम ल्होछार मनाएका छन्। नेपाल तथा विदेशमा विभिन्न कार्यक्रम गरी तामाङ समुदायले नयाँ वर्षको स्वागत गरिएका छन्।

    मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु हुन्छ। आजदेखि बिरालो वर्ष प्रवेश भएको छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गोरु, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ।

     

    ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाता टीका शेर्पाले जानकारी दिए। तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ। यस वर्ष बुधवार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

     

    माेहान गाेलेकाे अध्यक्षतामा सोनाम ल्होछार समाराेहकाे कार्यक्रम भएकाे थियाे । लप्सेफेदीकाे तामाङ  समुदायले पाएकाे दुखकाे बारेमा खर्बदारी गर्नु भयाे । सोनाम ल्होछार समाराेहमा सम्माननीय प्रधानमन्त्रि पुष्पकमल दहाल ज्युबाट कार्यक्रम समुद्घाटन गरीयाे । तामाङ मन्त्री बन्नेमा ढुक्कहुन भन्नु भयाे । नेपाल टेलिभिजन बाट माघ १५ बाट तामाङ भाषामा समचार अउने जानकारी गराउनु भयाे ।

     

    ताजा समाचार