अन्तराष्ट्रिय तामाङ परिषदको पाँचौ सम्मेलन थाईल्याण्ड, अध्यक्षमा चम्पा डोल्मा लामा


  • admin
  •    
  • June 5, 2023

  • तामाङ समुदायको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौं सम्मेलन थाइल्याण्डमा सम्पन्न भएको छ ।

    थाइल्याण्डकाे हुहाइन शहरमा  शनिबार र आइतबार  भएकाे  सम्मेलन थाइल्याण्डका चम्पा डोल्मा बमजनलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

    यसस सम्मेलनले बमजनको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा महासचिवमा टासी लामा (नेपाल), उप–महासचिवमा लक्यान लामा (अमेरिका), सचिवमा शुभराज भोम्जन (कोरिया), रामप्रसाद तामाङ (खुल्ला–भारत), दुधमाया तामाङ (रोमानिया), कोषाध्यक्षमा हवलचन्द्र लामा (जापान) रहेका छन् ।

    ताजा समाचार