पाण्डेलाई पक्राउ नगरेको भन्दै प्रदर्शन, प्रहरीको लाट्ठीचार्जबाट ६० भन्दा बढी घाइते


  • admin
  •    
  • August 2, 2023

  • विवादस्पद अभिव्यक्ती दिने अधिवक्ता शितल पाण्डेलाई पक्राउ नगरेको भन्दै टेकु प्रहरी परिसर घेराउ कार्यक्रममा पुगेका मगर र तामाङ समुदायका व्यक्तिहरुमाथी प्रहरीले दमन गरेको छ । अभियुक्त शितल पाण्डेलाई तत्काल पक्राउ गर्न माग गर्दै आफुहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दै गर्दा प्रहरीले अश्रुग्यास र लाट्ठी चार्ज गरेको थियो । प्रहरीको लाट्ठीचार्जबाट ६० जना भन्दा बढी व्यक्तिहरु घाइते भएको विभेदकारी कानुन खारेजी अभियानमा संयोजक मूक्तान थेबाले बताए ।

    उनका अनुसार दुई जनालाई प्रहरीले पक्राउ गरेका छन । टेकु क्षेत्र तनावग्रस्त अवस्थामा रहेको छ । आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ, मगर समुदायका समूहले दिएको उजुरीको आधारमा अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएतापनी हालसम्म पक्राउ परेका छैनन । उनीमािथ जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएको छ ।

    प्राइम टेलिभिजको अन्तर्वातामा पाण्डेले हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरुबाट जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन्। साथै तामाङ,मगर र मुस्लिम समुदायमा दाजुबहिनीबिच विवाह हुन्छ भनेर अभिव्यक्ती दिएका थिए । उक्त अभिव्यक्तिले तामाङ, मगर र मुस्लिम समुदायमा गहिरो चोट पुगेको भन्दै प्रहरीमा उजुरी दिएको थियो ।

    ताजा समाचार