तामाङ भाषाको स्तरीकरण गोष्ठी: झुले


  • admin
  •    
  • August 23, 2023

  • झुले

    तामाङ भाषाको स्तरीकरण कार्यशाला गोष्ठी दुई बुँदे ‘झुले सहमति–पत्र’ जारी गर्दै सम्पन्न भएको छ ।

    भदौ २-५ गतेसम्म काठमाडौँको शंखरापुन नगरपालिका-४, झुलेमा आयोजित गोष्ठीमा तामाङ भाषाको वर्ण, शब्द, वाक्य र व्याकरणका विभिन्न भेद बारे सूचना संकलन गरी व्यापक छलफल गरिएको थियो ।

    भाषा आयोगले बागमती प्रदेशमा तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेसँगै तामाङ भाषालाई स्तरीकण गरी मानकभेद बनाउने उद्देश्यले कार्यशाला गोष्ठी गरिएको आयोजकले बताए ।

    गोष्ठीमा बागमती प्रदेशका विभिन्न भाषिक भूगोलबाटा र कोशी, मधेश प्रदेश र कास्की प्रदेशका प्रतिनिधिहरुको थियो ।

    नेपाल तामाङ घेदुङ, भाषा, लिपि तथा साहित्य विभाग र तामाङ राष्ट्रिय पुस्तकालयले आयोजना गरेका हुन् । कार्यक्रममा मानवशास्त्री डा. मुक्तसिंह तामाङ र जापानका लागि पूर्व राजदूत डा. गणेश योज्जनको विशेष उपस्थिति रहेको थियो ।

    तपाईलाई कस्तो महसुस भयो ?

    ताजा समाचार