बागमतीलाइ ताम्सालिङ प्रदेश बनाइने : ताम्सालिङ संयुक्त संघर्ष समिति


  • admin
  •    
  • August 23, 2023

  • काठमाडौं : बागमती प्रदेशको नाम ताम्सालिङ राख्नुपर्ने माग गर्दै ताम्सालिङ संयुक्त संघर्ष समितिले आन्दोलन गर्ने भएको छ।

    नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले आन्दोलनको अवधारणा र खाकालाई अन्तिम रुप दिने काम सकिएकोले यही भदौ १० गते काठमाडौंमा घोषणासभा गर्ने तय भएको जानकारी दिए।

    राजनीतिक दलहरुका जातीय मोर्चा तथा संगठन, सामाजिक संस्था र स्वतन्त्र अभियन्ताहरु आबद्ध संघर्ष समितिको बैठकले बागमती प्रदेशको नाम ताम्सालिङ राख्न आन्दोलन गर्ने निर्णय गरेको संघर्ष समितिका सदस्य सचिवसमेत रहेका तामाङले बताए।

    करिब २ महिना लामो छलफलपछि ताम्सालिङ निर्माणको साझा मुद्दामा विभिन्न पक्ष र सरोकारवाला एक ठाउँमा आएकोले आन्दोलनले गति लिने अपेक्षा गरिएको तामाङको भनाइ छ।

    ताजा समाचार