तामाङ जाति


  • admin
  •    
  • August 18, 2022

  • तामाङ नेपालको मध्य पहाडी क्षेत्रमा आदीमकाल देखी बसोबास गर्दै आएका एक आदिवासीजनाजाती समुदाय हो । त्यसै गरी अहिले तामाङहरु रहने या बासोबास गर्दै गरेका देश नेपाल, भारत, भुटान, बर्म, चीन लगाएतका मूलुकमा बसोबास गर्दै आएका छन् ।

    तामाङ नेपाल लगाएतको विभिन्न मुलुकमा परार्पूव काल देखीनै बसोबास गर्दै आइरहेको पाइन्छ । तामाङ नाम कसरी तामाङ नाम कसरी रहन गयो तिब्बती राजा श्रङचङ गम्पोले सन् ६४० मा दक्षिणतिर आक्रमण गरी नेपालो उत्तरी भागहरुमाथि कब्जा जमाउन थालेपछि तत्कालिन् राजा अंशुवर्माले बुद्घिमत्तापूर्वक आºनी छोरी भृकुटीलाई तिब्बती राजा श्रङचङ गम्पोसँग विवाह गरी नेपाल तिब्बत् बीच मित्रताको हात बढााए पछि दुई देश बीच दौत्य सम्बन्ध कायम गरेका थिए । त्यही तामाग नै कालन्तारमा तामाङ भयो भनेर भनिन्छ ।

    रमेश विकलले सात सूर्य एक फन्को नामक पुस्तकमा लेख्नुभएको छ। तामाङ जाति नेपालको सबै भन्दा पुरानो बासिन्दा हो तामाङहरु याम्बुलाई आºनो आदि थलोको रुपमा लिन्छन । नेपालको वंशावली इतिहासमा मञ्जुश्री बाधिसतव चीनबाट नेपाल आएर याम्बुमा बस्ती बसालेको कुरा भेटिनुर तामाङको तम्बा गीतमा ग्यानक ग्याम्से फेप्काजीम वा चीनाबाट आउनु भएछ । भन्नेक गीत भेटिनुले याम्बुगको सबभन्दाम पुरानोवासिन्दान हामी हौ भन्नेल तामाङहरूको भनाइलाइ प्रमाणित गर्दछ । आज पनि तामाङहरूको घना बस्तीो याम्बुफको वरीपरीकोजिल्लाइहरूमै केन्द्रित छन् ।

    समय बित्दैब जादा थुप्रै बाहिरियाहरू याम्बुजभित्र बसोवास गरन आए र विस्ता्रै तामाङहरूलाइ विस्थािपित गदै लगे र्गोखालीको एकिकरण वा पृथ्वीनारायण ले भन्दा पनि राम शाहको पाला देखिनै तामाङ राज्यमा युद्घ गरीसकेका थिए । त्यसैगरी नरभूपाल ले पनि तामाङ राज्यमा आक्रमण गरेक थिए । पृथ्वी नारायण शाहले नेपाल एकिकराण गर्ने बेलामा काठमाण्डौ विजय गर्न निकै कठिन भएको होइन तामाङहरु माथि विजय गर्न कठिन भएको हो । त्यसताका सबै पहाडी इलाकामा तामाङहरु बसोबास गर्ने गर्यो । सो कारणले आºनो देश बचाउन जनताको आवश्यकता या दायीत्व भएकाले सबै तामाङ युद्घमा होमिएकोले पृथ्वी नारायणलाई काठमाण्डौ एकिकरण गर्न निकै कठिन र असहज भएको मानिन्छ । नेपाल एकिकरण भइरहेको बेलमा नेपाल अर्थात काठमाण्डौलाई सुरक्षा गर्ने भनेको तामाङनै रहेको थियो । प्रमाण किर्तीपूर युद्घलाई लिन सकिन्छ किन भने यस राज्यको सुरक्षा गर्ने जनताको भने तामाङ नै हुन तर लिखित रुपमा नलेखिएको हो । तामाङ अन्तीमा सन् १७६२ सेप्टेम्बर १८मा तेमाल लाई जितेका थिए । तेसै युद्घमा गोर्खाली सेनाको ४००जना जवान मारीएका थिए । जस्को सेनापति बालनरसिंहका पिता जंगबहादुका हजुरबुबा थिए । पृथ्वीनारायणको सेनापती थिए र त्यसबेला भनेका थिए तामाङको विजय गर्नुमा तिम्रो ठूलो योगदा र तिम्रो तिमीलाई आदि भूवग दिएनी पुग्दैन र किरात लाई हान्ने पनि तिम्रै जिम्मा भनेका थिए । युद्घ बाट नै समाप्त गरीएकाले तामाङले हरेका समयमा ज्यदती झेल्नु पर्दथे । तामाङहरु सधै राजा विरोधिनै भएको र विपक्ष्य नै रहेको छ । राज्यले हिन्दु धर्म मान्नु भन्ने र तामाङले बौद्घधर्म मान्नेर गाईकाटी खान सधै नमिलने । त्यसैगरी राजालाई कुनै समान या खाने कुरा चाएमा तामाङलाई नै उत्पादन गर्न लगाउने र यसैले तामाङहरु विस्थापित हुदै लाहुर जाने गरीन्थे । हुदै गर्दा सेनापति क्षेत्रि राजाका नजिकका व्यतिmहुने गरेकोले पनि यसो भएको हो ।

    पृथ्वी नारायण ले गरीएको युद्घहमा तामाङहरु धेरै शतिmशाली भएकोले तामाङ लाई छलकापट पूर्ण हरायीएको हो । त्यसै गरी आजको समय सम्म पनि दमनमा परी आएको पाइन्छ । तामाङ दमनमा परेको प्रमाण अझै पनि छ । कुनै पनि तामाङले दशै मान्नु पर्ने र दशैमा काटिक वा भोग चडायीएका जिबजन्तुका टाउको केही भूत्ला ढोका माथि टासीराख्नु पर्ने र नटासीएमा सजायको फासीको तथा अन्य विभिन्न सजाय भोग्नु पर्ने रहेको पाइन्छ । तामाङ राज्य वा तामाङको भूमीलाइ तामसालीङ भनिन्छ । जहाँ परापूर्वकाल देखिनै तामाङले राज्य गरेका र अहिले राज्य संघीयतामा गय पछि पनि तामाङले राज्य गर्न पाउनु पर्ने भनि राज्यको खोजिमा छ । नेपाल राज्यका पहाडीइलाकामा अहिले पनि ७० प्रतिशत सम्म तामाङ बसोबास गर्दै आएका छन् । तामाङले पनि जातियरुपमा पउनु पर्ने अधिकार युक्त हुनुपर्ने र आºनो जनसंख्या प्रतिशतको सम्पूर्ण स्थानमा कोटा पाउनुपर्ने मुख्य मुद्घको रहेको छ । तापनि तामसालिङ बिखण्डन गरीएको छ यसका विरुद्धमा तामाङ लागिपरेको छ । तामसालिङको सीमांकन बुढीगण्डगी पश्चिममा, हिमालय पर्वत उत्तरमा, दुधकोशी पूर्वमा र तराई चुरेपर्वत दक्षिण सम्म फैलिएका छ । तामाङ आºनो संसकार छन तर विभिन्न स्थानमा बस्तै आउका छन । त्यसैमा पनि आºनै जन्म देखि मृत्यु संस्कार एउटै छन ।

    माङलाई चिनिने संगीत सेलो गीत रुपमा नेपाल तथा विश्वमा छाउदै आएका छन् । सेलो गीत, सेलो नाच, डम्फु नाच, झाकी नाच, तथा लोकप्रिय नाच हुन । डम्फु, टुङना, ढ्ङरो आदी लोकप्रिय बाजा रुपमा चिनिन्छ । तामाङले आºनो संस्कारको लाई ख्याल गर्नुपर्ने कुरा निम्न छन् । बोन्बो र कुलदेवता ताम्बा तामाङसेलो डाम्फु व्हायी लोछार तामाङ जात्रा तामाङ पर्व सिवा धुईला धुईसंस्कार घेवा ङो नौरण कान ख्वाबा छेवार जान्दी बिबाह आºनो गुजारा चलाउनको लागि सधै कृषिमानै तल्लीन भएको पाइनछन् ।

    खेती बाट धन, गहुँ,मकै,जौ,फापर,आलु,कोदो आदि उत्पादन गरी त्यसैलाई उपभोग गरी गुजारा चलाउदै आएका छन् । तथापी केही तामाङहरु व्यबसयी तीरपनि लागेका छन् । जस्तै गाडी चालक,कृषि,ट्रेकिङ, होटल व्यबसाय आदी गरी आएको पाइन्छ शिक्षा आर्जन गर्ने तथ्याङक भने तामाङको न्युउन रहेको छ ।

    नेपाल लगायत विभिन्न मुलुकमा तामाङहरु रहेका छन् । तामाङ छिमेकी राष्ट्र भारतमा १४,००,००० जना छन् । नेपालको जनगणना अनुसार बि स २०५८ मा १२,८२,३०४ र बि स २०६८मा १५,३९,८३० जना छन् । नेपालको कुल जनसंख्याको ५.८ प्रतिशत रहेको छ । नेपालको जनगणना अनुसार तामाङ ५.८ पाँचौ स्थानमा रहेको छ ।

    ताजा समाचार