भदौ १० देखि कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने


  • admin
  •    
  • August 20, 2022

  • सिट बाँडफाँटमा सकस : सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बस्दै

    सत्तारुढ नेपाली कांग्रेसले ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी भदौ १० देखि २४ सम्म चुनावी अभियान घोषणा गरेको छ ।

    ‘जनताको साथमा कांग्रेस’ नामको उक्त अभियानका ७७ जिल्लामा नै केन्द्रीय प्रतिनिधि खटाउने र केन्द्रीय प्रतिनिधिका लागि आइतबार अभिमुखीकरण कार्यक्रम राखेको छ ।

    केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधि लगायतको बैठक बोलाउने शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

    यो अभियानका लागि प्रदेश समिति र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउन सक्नेछ ।

    अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने प्रवक्ता महतले जानकारी दिए ।

    यो अभियानपछि अर्को चरण समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएपछि सञ्चालन गरिने उनले बताए ।

     

    ताजा समाचार