तामाङ चलचित्र प्रदर्शन दिवस भदौ १६


  • admin
  •    
  • August 30, 2022

  • तामाङ चलचित्र सङ्घ यही भदौ १६ गते प्रदर्शन दिवस तथा टिएफआर सम्मान कार्यक्रमको तयारी पूरा भएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी आयोजक संस्थाका अध्यक्ष कुमार मोक्तानले जानकारी दिएका हुन् ।

    पत्रकार सम्मेलनमा अध्यक्ष मोक्तानले २७ औँ चलचित्र प्रदर्शन मनाउन लागेको बताए । उनले यसअघि कोभिडका कारण २ वर्षदेखि निरन्तर नभएको बताउँदै यस वर्षदेखि निरन्तरता दिनुका साथै विशेष कार्यक्रम गरी मनाउन लागेको बताए ।

    कला, संस्कृति, भाषा र धर्मको संरक्षणका लागि स्रष्टालाई सम्मान र नयाँलाई प्रोत्साहन स्वरूप गरिने कार्यक्रमका साथ सहयोग गर्न सङ्घले जनाएको छ।

    कार्यक्रममा विभिन्न कलाकारहरूबाट प्रस्तुति हुने आयोजकले जानकारी दिए ।

    कार्यक्रमको सहआयोजक ताम्सालिङ टिभी रहेका छन् भने प्रचारप्रसार समिति तामाङ चलचित्र सङ्घ बागमती प्रदेशले गरेका छन् ।

    तामाङ चलचित्र २०५२ सालमा पहिलो पटक निर्माण भएको हो । स्वर्गीय

    जयनन्द लामाको चलचित्रको कथा र निर्देशन ‘सेमरी छोरङान’ बनाएका थिए ।

    सो चलचित्र २०५३ साल भाद्र १६ गते रसियन कल्चरमा च्यारीटी शो भएको सोही दिनलाई तामाङ चलचित्र सङ्घले प्रदर्शन दिवसको रूपमा मनाउँदै आइरहेको छ।

    ताजा समाचार